रेणुको समर्थनमा बोल्दा सन्दीपको चर्को आलोचना

भरतपुर महानगरको मेयरकी उम्मेदवार रेणु दाहालको पक्षमा बोल्दा हास्य कलाकार सन्दीप क्षेत्रीको आलोचना भएको छ। भरतपुरमा आयोजित कार्यक्रममा दिएकाे अभिव्यक्तिका कारण उनी आलोचित भएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपस्थित कार्यक्रममा पुगेका सन्दीपले दाहालको खुलेर तारिफ गर्दै स्थानीय चुनावका लागि शुभकामना दिएका थिए। अहिलेसम्म कुनै पनि पार्टीको साधारण सदस्यतासमेत नलिएको बताएका उनले रेणुको कामबाट आफू निकै प्रभावित भएको बताउँदै प्रचण्डलाई रेणु दाहाल जस्तो छोरी पाएकोमा ढुक्क हुनसमेत आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया