गायक स्वप्न सुमनले गरे अभिनेत्री ज्योत्सना योगीसँग विवाह

इटहरी/ युवापुस्ता माझ लोकप्रिय गायक स्वप्न सुमनले विवाह गरेका छन् । उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन् । उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेका जनाइएको छ । स्वप्नको ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन् । २७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए ।

सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे । सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो । त्यस्तै २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन् । गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ र थुप्रै विज्ञापनहरूमा उनले अभिनय गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया