रचना रिमाल फ्यानबाटै लखेटिएकी हुन् त ?

मोरङ / लाेकप्रिय गायिका रचना रिमाललाई केही व्यक्तिहरूले लखेटेको जस्तो देखिने एउटा भिडिओ टिकटकमा भाइरल भएको छ । उनी त्रसित मुद्रामा अघिअघि कुदिरहेको र पछाडि दर्जनौंले पछ्याइरहेको भिडिओमा देखिन्छ । धेरैले यो भिडिओलाई लिएर अनेक अनुमान लगाइरहेका छन् ।

तर यसकाे यथार्थ भने फरक रहेकाे छ । इलामकाे एक कार्यक्रमबाट फर्किने क्रममा याे भिडियाे कैद भएकाे बुझिएकाे छ । रचनाका अनुसार इलाममा करिब ३० मिनेट लगाएर ५ वटा गीत गाएर उनी माेरङ फर्किने तयारीमा थिइन् ।

मोरङबाट लिन गाडी आइसकेकाे र उताबाट आएका व्यक्तिहरूले उनलाई गाडी आइसक्यो कुद भनेपछि उनी कुदेकी हुन् । उनीसँग फोटो/सेल्फी खिचाउन आतुर भएका दर्शकहरु पछि लागेपछि लखेटेको जस्तो देखिकाे हाे ।

तपाईको प्रतिक्रिया