बलिउड गायिका आस्था काठमाडौंमा गुञ्जिने

काठमाडाैं / बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन्। उनी दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’मा आफ्ना लोकप्रिय हिट नम्बर गीतसहित प्रस्तुत हुन लागेकी हुन्।युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो कार्यक्रमका लागि आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन्।

उनीहरुले साधारण १ हजार र भीआइपीका लागि २ हजार मूल्यका टिक बिक्रीमा राखेका छन्। कार्यक्रमको अनलाइन टिकेटिङ पार्टनर ग्लोबल अनलाइन पे रहेको छ।फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायतका गीत लोकप्रिय छन्। उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’को प्रतिष्पर्धी पनि हुन्।

तपाईको प्रतिक्रिया