विक्की र कटरिनाले गरे विवाह दर्ता

काठमाडौं / बलिउडको नवविवाहित जोडी विक्की कौशल र कटरिना कैफले विवाह गरेको तीन महिना पुगेको छ । दुवैले गत ९ डिसेम्बरमा राजस्थानमा विवाह गरेका थिए । तर, कानूनी रुपमा भने दुवैको विवाह गत सातामात्र सूचीकृत भएको छ । दुवैले गत १९ मार्चमा आफ्नो परिवारका साथ अदालतमा उपस्थित भएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् ।

विक्की र कटरिनाको विवाहअघि दुवैले विक्कीको घरमा एक निजी समारोहमा आफ्नो विवाह दर्ता गराएको खबर बाहिर आएको थियो । त्यो बेला कटरिना विक्कीको घर गइरहेको अवस्थामा भेटिएकी थिइन् । कटरिना विक्कीको घरमा जाँदै गरेको भेटिएपछि दुवैले विवाह दर्ता गराएको अनुमान गरिएको थियो । दुवैले स्पेसल मेरिज एक्ट १९५४ अनुसार विवाह दर्ता गर्नुपर्ने थियो ।

तपाईको प्रतिक्रिया