दुर्गेशको शिवरात्री गीतमा’मिस्टर डि’को नाच बसन्ती फ्लेभर, श्रद्धाञ्जली दिनेको घुइँचो

इटहरी / दुर्गेश थापा यस्तो नाम हो, जो नेपाली साङितिक क्षेत्रमा सायदै उनको नाम नसुन्ने थोरै होला । उनका गीतहरु प्रायः हिट नै छन् । तर, विवाद र आलोचना खेप्दै हिट भएका हुन् । पछिल्लो समय पल शाहको काण्डमा मुछिएका उनलाई यतिबेला सामाजिक संजालमा श्रद्धाञ्जली दिनेहरुको घुइँचो छ । यद्यपि उनको निधनको कारण भने हैन, मिल्ने साथिको नाममा पलमाथी बद्ला लिएको आरोपमा ।

यता उनको नयाँ शिवरात्री गीत ‘बम बम भोले’को कमेन्टहरु हेर्ने हो भनेपनी त्यहाँ प्रायःले उनलाई श्रद्धाञ्जली दिएका छन् । हामिले सो गीत सुन्दै जादा भने अर्को एक नेपाली गीतको लयसंग मिल्दोजुल्दो रहेको पायौ ।

मिस्टर डि को अत्याधिक रुचाईएको ‘नाच बसन्ती’ गीतको केही लय दुरुस्तै थापाले बम बम भोले गीतमा राखेका छन् । सायदै सो गीत सुन्ने जो कसैले पनि कता कता सुनेको गीत झै लागेको हुन सक्छ । अब यो चोरिएको हो वा संयोगबस मिल्न गएको हो भन्ने कुरा भने उनैले जान्दछन् ।

तपाईको प्रतिक्रिया