पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्रसंग मेनुकाकाे भ्यालेन्टाईन पोज (तस्विरहरू)

इटहरी /भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको अवसरमा पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले मोडल मेनुका माझीसंग स्पेशल फोटोसुट गराएका छन् । थ्री स्टार क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भएका तामाङ फुटबल छोडेपछि व्यवसायका अलवा मोडलको रुपमा बिभिन्न तस्वीरहरुमा देँखिदै आएका छन् । त्यस्तै ‘धान गहु होता हे’ गीतबाट म्युजिक भिडियो मोडलिङ्गमा डेब्यु गरेकी मोडल मेनुका माझी सुरेन्द्रसंग भ्यालेन्टाईन पोजमा देखिएकी हुन् । उनले मैथिली र भोजपुरी गरेर करिव ९०वटा भिडियोमा अभिनय गरि सकेकी छिन् ।

द सेकेन्ड क्लाेथको डिजाइन, पेस्को मेकअप स्टुडियोकाे मेकअप रहेकाे उक्त फाेटाेसुट पेस्को मेकअप स्टुडियो तथा पेस्काे इन्टरटेनमेन्टकी संचालिका समेत रहेकी मनिता तामाङकाे कोरियोग्राफी रहेकाे छ । उनका अनुसार प्रेम गर्नेहरुको लागि कुनै विशेष दिन या मितिको आवश्यक नपर्ने र निस्वार्थ माया र हरेक दिन प्रेम महत्वपूर्ण रहेकाे बताइन् । इटहरी स्थित पाथिभरा हाेटलमा काेशी भिजन फिल्मिस प्रा.लिका सुमान तामाङले लिएका केही तस्विरहरू :

तपाईको प्रतिक्रिया