‘तिमी नाच फिरिरि’को कभर भिडियो प्रतियाेगिता हुने

इटहरी / कलाकारिता क्षेत्रमा भविष्य खोज्नेहरुलाइ अवसर दिने उदेश्यले कभर भिडियो प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । गीतकार एवं संगीतकार बेहोसी उदासको शब्द/संगीत तथा गायक प्रमोद खरेलको आवाजमा रहेको गीत तिमी नाच फिरिरि … को कभर प्रतियाेगिता हुन लागेकाे हाे ।

कभर भिडियो बनाएर प्रथम हुनेले २५ हजार सम्मको पुरस्कार जित्ने आयाेजकले जानकारी दिएकाे छ । त्यसैगरी दाेस्र र तेस्राे हुनेलाइ क्रमश: १५ हजार र १० हजार पुरस्कार रहेकाे छ । भिडियोले प्राप्त गरेको लाईक, सब्स्कक्राइब र कमेन्ट को आधारमा विजेता छनौट गरिने छ । भिडियो पठाउने अन्तिम मिति सन् २०२२ अप्रिल अन्तिम सम्म रहेकाे आयाेजकले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया