बोकेदाह्रीको सन्देशमुलक गीत ‘एक्का ट्रायल’ सार्वजनिक ( भिडियाे सहित)

इटहरी / गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) ले नयाँ सन्देशमुलक हास्य गीत ‘एक्का ट्रायल’ सार्वजनिक गरेका छन् । लुइँटेलको आधिकारिक युट्युब च्यानल श्रीकृष्ण लुइँटेलबाट सार्वजनिक भएको गीतमा नेपाली समाजमा गाउँघरमा कसैको मृत्यु भएमा काजकिरिया सम्पन्न नहुञ्जेल मृतकका घरमा गाउँलेहरु भेला भई जुवा अड्डा सञ्चालन गर्ने विकृतिलाई व्यङ्ग्यात्मक ढङ्गले चित्रण गरिएको छ ।

गायक लुइँटेलकै लय, सङ्गीत तथा स्वरमा सजिएको गीतलाई जोनी तामाङले अरेन्ज गरेका छन् । भिडियोमा केशव रायमाझी, कल्पना पाण्डे, राजन भण्डारी, विशाल गदाल, सङ्गीता यादव, राजेन्द्र भगत, क्षितिज कोइराला, विकल्प दाहाल र सुगल अधिकारीले अभिनय गरेका छन् ।

गीतलाई सुमन तामाङले छायांकन गरेका हुन् भने हेमन तामाङले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक गायक लुइँटेल स्वयं हुन् । पूर्वेली न्यूजको प्रस्तुतिमा सार्वजनिक भएको गीतलाई भिजुअल विज्ञापन एजेन्सीले प्रायोजन गरेको हो ।

तपाईको प्रतिक्रिया