स्टेजबाट यसरी भुईमा पछारिए गायक प्रमोद खरेल

इटहरी / मोरंगको पथरीमा गायक प्रमोद खरेल गाउँदा गाउँदै स्टेजबाट लडेका छन् । एक साँगीतिक कार्यक्रममा प्रस्तुती दिने क्रममा उनी स्टेजबाट भुईमा लडेका हुन् ।

म बिना कसै कसैलाई गीत गाइरहेका उनी पछाडिबाट हिड्दा हिड्दै स्टेजको पछिल्लो भागमा पछारिएका थिए । उनलाई आयोजक र दर्शकहरुले उठाएर स्टेजमा चढाएका थिए । स्टेजमा चढेपछि उनले बजिरहेकै ट्रयाकमा गाएर गीत पुरा गरेका थिए ।

तपाईको प्रतिक्रिया