गायक महेश बुडाथोकीको सिमल बारुलै सार्वजनिक

इटहरी / काफल गेडि कुटुक्कै देखि चर्चामा रहेका गायक महेश बुडाथोकीको सिमल बारुलै बोलको गितको म्युजिक भिडियो Purbanchal Music YouTube Channel बाट सार्वजनिक भएको छ । पुर्वान्चल रेकर्डिङ्ग स्टुडियो इटहरीमा अडियोकाे काम सम्पन भएको उक्त गीतमा कुन्दन राईको एरेन्ज तथा संगीत रहेकाे छ भने शब्द बुडाथोकी र राईकाे छ ।

उक्त गीतको उत्कृष्ट म्युजिक भिडियोकाे छायांकन काठमाडौमा भएको हो । यम गुरुङ, मेलिना ठकुरी, सुमा लामिछाने, विशाल खड्गीले अभिनय गरेको म्युजिक भिडियोमा कमल खालिङले उक्त गीतको निर्देशन गरेका छन् । गीतमा मेघराज मग्रातीले छायाङ्कन र दृश्य सम्पादक गरेका छन् ।

भिडियाे

तपाईको प्रतिक्रिया