‘संगै वाँचौला’ भन्दै नयाँ म्यूजिक भिडियो लिएर आए फोटोपत्रकार वन्त (भिडियाे सहित)

काठमाडौ । मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ ।

नेपालकै गाउघरको यर्थाथ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन वावु गुरुङकको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया