‘रहर कुँदेका पाइलाहरू’ तथा ‘चन्द्रलोकको सानो साथी’ एकैसाथ सार्वजनिक

इटहरी / बालगायक सन्देश पौडेलका आवाजमा रहेको गीति एल्बम ‘रहर कुँदेका पाइलाहरू’ अडियो तथा शर्मा ललिताको ‘चन्द्रलोकको सानो साथी’ बालकथा संग्रह सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा प्रमुख अतिथि श्याम तमोट, विशेष अतिथि साहित्यकार रामबाबु सुवेदी, ‘वनिता’का सम्पादक लक्ष्मी उप्रेती, महेश पौडेल, इन्द्रकुमार श्रेष्ठ सरित्, रामदेव पाण्डे लगायतले सो एल्बमको एकैसाथ विमोचन गरेका हुन् ।

एलबममा लक्ष्मी उप्रेतीको ‘तकदीर’, शर्मा ललिताको ‘ए मन’, महेश पौडेलको ‘निधारमा’, ललिता दोषीको ‘बल्दाबल्दै’ वशुश्री पाण्डेको ‘उडाई लग्यो’ र कार्तिकेयको घिमिरेको ‘भो अब’ बोलका गीत छन्। रेडियो नेपालको स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ र मास्टरिङ प्रज्ज्वल खड्काले गरेका हुन् ।

त्यसैगरी शर्मा ललिताको ‘चन्द्रलोकको सानो साथी’ बालकथा संग्रह पनि विमोचन गरिएको थियो । साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ले संग्रहका सबै कथा पृथक् – पृथक् विषयमा लेखिएका सबै कथा बालबोधगम्य भएको बताए। उक्त कृति ऐरावती प्रकाशन प्रकाशन गरेको हो । प्रकाशक तथा सम्पादक रामदेव पाण्डेले नानीहरूलाई उचित संस्कार सिकाउने सबै कथा उत्तिकै पठनीय रहेको बताए

समालोचक महेश पौडेलले पनि सबै कथा छोटो र मीठो भएको बताए । प्रमुख अतिथि रामबाबु सुवेदीले देशलाई उँभो लगाउने कला, साहित्य र संस्कृतिलाई राज्यले त्यत्ति ध्यान नदिएको बताए । लक्ष्मी उप्रेतीले स्वागत मन्तव्य, शर्मा ललिता र गायक पौडेलले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार प्रकाश समीरले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया