फरक भूमिकामा प्रियारानी लामा

धरान / मोडल तथा कोरियोग्राफर प्रियारानी लामा अहिले म्युजिक भिडियोमा आफुलाई सक्रिय बनाउँदै छिन्। बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियारको स्वर रहेको गीत ” यो मुटु त तिम्रै हो ” बोलको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रियाले स्क्रिन शेयर गरेकी छिन् । म्युजिक भिडियोमा प्रियारानी लामाले नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ।

राजेश थापाको संगीत र बिष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान।, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन्। यांग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोको निर्माण हरिदेवी कोइरालाको रहेको छ।

तपाईको प्रतिक्रिया