रचना रिमाल तथा प्रविण भेटवालको स्वरमा रहेको : तिमी धैर्य लिएर बाँच प्रिय गीत सार्वजनिक (भिडियाे सहित)

मोरङ / नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा जमेका प्रवीण बेडवाल तथा रचना रिमालको स्वरमा रहेको नयाँ गीत तिमी धैर्य लिएर बाँच प्रिय सार्वजनिक भएको छ । एसआर डिजिटलको युट्युब च्यानल मार्फत केही दिनअघि गीत सार्वजनिक भएको हो । कर्णप्रिय गीतको शब्द सरला श्रेष्ठको रहको छ । संगीत नारायण वलीले दिएका हुन । फणीन्द्र राईले एरेन्ज गरेको गीतको मिक्सिङ सुमन खड्काले गरेका छन् । रिमा फिल्मसले पोस्ट प्रोडक्सन गरेको गीतको छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् ।

तिमी धैर्य लिएर बाँच प्रिय विशुद्ध आधुनिक तथा सुगम भावमा रहेको तथा अहिलेका चलेका कलाकारले स्वर दिएका कारण दर्शक स्रोताले समेत मन पराएको गीतका उत्कृष्ट संगितकार नारायण वलीले पूर्वेली न्यूजसंगको कुराकानीमा बताए । उनले गीतमा प्रतक्क्ष रुपमा बद्वबाधकहरुले बाजा बजाएका कारण हेर्नका लागि समेत राम्रो भएको उल्लेख्य गरे । संगितकार वलीले गीतमा माया प्रेमको साथमा गहिरो समर्पण र प्रतिबद्वता रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया