सुन्दरहरैंचामा  ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन 

नाटकमा  भ्रष्टाचार, दलाल र बिचाैलिया विरुद्ध सशक्त आवाज 

सुन्दरहरैंचा  /      शिल्पी थिएटर काठमाडौंको आयाेजनामा सुन्दरहरैंचा नगरपालिकामा आइतवार  ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरिएको छ ।     मुक्त रंगमञ्च अभियान अन्तर्गत शिल्पीले  दर्शकमाझ ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरेको  हाे ।
सडक नाटकमा  भ्रष्टाचार, दलाल र बिचाैलिया विरुद्ध सशक्त आवाज रहेकाे थियाे । राजनीतिक नेतृत्व तथा  कर्मचारीले सर्वसाधारणलाई के कसरी दुःख दिएका छन् भन्ने विषयलाई  सशक्त रुपमा उठान गरिएकाे नाटकका  परिकल्पनाकार  तथा निर्देशन  घिमिरे युवराजले बताए । उनले स्थानीय तहमा विकासका नाममा भइरहेका मनपरी र आर्थिक अनियमितालाई पनि नाटकले देखाउने प्रयास गरेको उल्लेख गरे ।
     किसान, मजदुर तथा सर्वसाधारणहरुले सरकार, ठेकेदार तथा  विचौलियाबाट कतिसम्म दुःख पाएका छन् भन्ने विषयलाई नाटकले छर्लङ पारेको  दर्शनहरुकाे प्रतिकृया रहेको छ  । मञ्चन भएको नाटकलाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ / २५ हजार नगद सहित पुरस्कृत गरिने निर्देशक घिमिरेले बताएका छन्  । ‘ठूला माछा–साना माछा’ देशभर मञ्चन गरिने तथा  त्यसपछि प्राप्त भएका कवितालाई पुरस्कृत गरिने आयाेजकले जनाएको छ ।
    सुन्दरहरैंचामा  मञ्चन भएको ठुला माछा साना माछा  नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगीता उराँव, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल तथा  संजीत थुलुङ राई लगायतले अभियन गरेका थिए ।
   कात्तिक ४ देखि १७ गते सम्म  शिल्पीले प्रदेश–१ का मोरङ, सुनसरी तथा झापा लगायतका विभिन्न  स्थानमा सो नाटक मञ्चन गर्नेछ । विराटनगरबाट सुरु भएको नाटक रंगेली, विराटचोक, इटहरी, धरान, इनरुवा, दमक, विर्तामोड, काँकडभिट्टा लगायतका स्थानमा मञ्चन गरिने छ ।
    अन्तर्राष्ट्रिय स्तरमा समेत बेला–बेला विभिन्न नाटक मञ्चन गर्दै आएको शिल्पीले गाउँमा रंगमञ्च कार्यक्रम सञ्चालन गर्ने गरेको छ । वि.सं. २०६३ सालमा स्थापित शिल्पी नाट्य यात्राले ३ महिने अभिनय तालिम समेत सञ्चालन गर्दै आएको छ ।शिल्पीले नाटक र यस सम्बन्धी पुस्तकहरू पनि प्रकाशन गर्ने गरेको छ । नाटकले सामाजिक रूपान्तरणमा योगदान पुयाउँछ भन्ने कुरामा शिल्पी थिएटरको विश्वास रहेको छ । शिल्पीले सामाजिक, राजनीतिक विषयमा नेपालभरि पटक-पटक मुक्त रङ्गमञ्चको यात्रा गरेको छ ।
    सुन्दरहरैंचामा मञ्चन भएको नाटकमा  दर्शकका रुपमा नगर प्रमुख शिवप्रसाद ढकाल , इन्द्रपुर जेसिजका अध्यक्ष कृष्णप्रसाद  ओझा , स्वतन्त्र पाथिभरा महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलाल , कलाकार जेवि थुलुङ ,केपि घिमिरे लगायत विभिन्न राजनैतिक दलका नेता, साहित्यकार, पत्रकार,बुद्धिजीवी लगायतको सहभागिता रहेको थियाे ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

जङ्गल तथा खोला छेउमा फोहोर फाल्दा सुन्दरहरैंचामा समस्या निम्त्तिदै

एम्बुस भन्दा कम छैन पूर्व पश्चिम राजमार्गको विराटचाेक सडक खण्ड : सर्वसाधारणले पाए दु:ख (तस्विरहरू सहित)

ब्राइट फ्यूचरमा क्याप्टन तथा सहायक क्याप्टन छनाेटका लागि निर्वाचन सम्पन्न

सुन्दरहरैंचा नगरपालिकाको प्रमुखमा केदारप्रसाद गुरागाईं तथा उप प्रमुखमा अकली चाैधरी विजयी

विराटनगर महानगरपालिकाको मेयरमा नागेश र उपमेयरमा शिल्पा विजयी

सुन्दरहरैंचा दर्पण लोकार्पण

नेपाल पब्लिक क्याम्पस सङ्घकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न

सुन्दरहरैंचामा अनलाइन सेवा मार्फत राजस्व भुक्तानी शुरु

साजीलाल माविमा २ कराेड भन्दा बढीकाे कवर्डहल निर्माणका लागि शिलान्यास

प्रिस्काकाे परिवारलाई आर्थिक सहयाेग जुटदै

तपाईको प्रतिक्रिया