संङ्गीत साधनाकाे सांगीतिक ‘सप्तक’ मा बाँसुरी बाधक नगेन्द्र राई

इटहरी / इटहरी स्थित सङ्गीत साधना प्रतिष्ठानकाे दाेस्राे ‘सप्तक’ अन्तर्गत छैठौँ श्रृङ्खला मा चर्चित बाँसुरी बाधक नगेन्द्र बिक्रम राईले आफ्नो बाँसुरी धुन प्रश्तुत गरेका छन् । उनले आफ्ना विविध बाँसुरी धुनबाट दर्शकलाई मन्त्रमुग्ध पारे ।

झण्डै ३ घण्टा सम्म रहेकाे उनकाे प्रश्तुतीमा उनले दर्जन बढि प्रश्तुतीहरू पस्केका थिए । राईले बिभिन्न रागहरूका साथै ‘भैलेनी आयौ आँगन’, ‘मखमली’, ‘तिम्राे जस्ताे मुटु मेराे पनी’, ‘धरान धनकुटा भेडेटार’, लगायतका प्रश्तुतीहरू पस्केका थिए । उनले मौलिक धुन अन्तर्गत बाँसुरीको माध्यमले विभिन्न भाकाबाट दर्शकको मन जित्न सफल भएका छन् ।

सङ्गीतको अध्ययन–अध्यापन, अनुसन्धान र अन्वेषणको काम गर्ने उद्देश्य राखी २०५० सालमा स्थापना भएकाे सङ्गीत साधना प्रतिष्ठानले पहिलाे सप्तक अन्तर्गत २८० श्रृङ्खला सम्पन्न गरिसकेकाे प्रतिष्ठानका महासचिव राजु केसीले बताए।

तपाईको प्रतिक्रिया