नीर शाह र केकी अधिकारी सँगै म्युजिक भिडियोमा

काठमाडौं / अभिनेता नीर शाह र अभिनेत्री केकी अधिकारी म्युजिक भिडियोमा सँगै देखिएका छन् । गायक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ मा शाह र अधिकारीसँगै देखिएका हुन् ।

अर्जुन थापाले संगीत र म्युजिक भिडियो निर्देशन गरेका हुन् । उनले फिल्मी स्टाइलमा गीत खिचेको बताउँदै दर्शकको मनोरञ्जनका लागि पैसा खर्चिन कन्जुस्याइँ नगरिएको दाबी गरे । करिब १३ लाख रुपैयाँ लगानीमा बनेको भिडियो सुशील डाँगीले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया