गायिका इन्दिरा जोशीकाे ‘इंगेजमेन्ट’, हेलिकप्टर प्रयाेगकाे चर्चा

इटहरी / सेलिब्रेटिहरुको प्रेम र विवाह चर्चा खुबै हुने गर्छ । यता विबाहका बेला गरिने तामझामले त सबैको ध्यान केन्द्रित गर्छ । यस्तै गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गरेकी छन् । उनले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ । जुन कुरा यतिबेला सामाजिक संजालमा भाईरल हुदैछ । उनले इंगेजमेन्ट गरेको भिडियो तथा फोटो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिइरहेका छन् ।

गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिएकी छैनन् । सामाजिक संजालमा ‘उनले सोध्यो: तिमी म संग बिवाह गर्छौ ? मेरो तर्फबाट हो’ भन्दै इन्दिराले पनि केही तस्विरहरु राख्दै आइ लभ यु सरद लेखेकी छन् ।

उनले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ । उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् । गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।

तपाईको प्रतिक्रिया