मनोजलाई पारुको प्रश्न: यो माया हैन र ?

इटहरी/ लण्डनका बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको छ । ‘यो माया हैन र ?’ बोलको उक्त गीतमा गायिका पारु राई र मनोज थापा मगरको स्वर रहेको छ । सार्बजनिक गीतमा गायिका राईकै शब्द समाबेश गरिएको छ । गायक मनोज थापा मगरको संगीत रहेको छ ।

गीतको भिडियोमा समाजमा हुने गरेको घटनालाई नै केही फरक ढंगले म्युजिक भिडियोको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको गायिका राईको भनाई छ । भिडियोमा माया प्रेमलाई माध्यम बनाएर अपराधमा संलग्न व्यक्तिलाई जालमा पार्न सफल भएको कथा देखाइएको छ ।

भिडियोमा गायिका पारु राई, मण्डल थेबे र बिपना गुरुङले अभिनय गरेका छन् । भिडियोको छायांकन कुशल श्रेष्ठ र सत्या मोक्तानले गरेका हुन् । भिडियोको निर्देशन तथा सम्पादन कुशल श्रेष्ठले नै गरेका हुन् । गायिका राई लामो समय देखि लण्डनमा बसोवास गर्दै आएकी छन् । यस अघि लण्डनबाट नै सार्वजनिक गरीएको ‘तिम्रो तृष्णा’ बोलको गीतलाई पनि दर्शकले रुचाएका थिए ।

भिडियो

तपाईको प्रतिक्रिया