‘चम्सुरी’को मृगौल फेर्ने अन्तिम तयारी, बिरामी मान्छेलाई श्रद्धान्जली नदिन आग्रह

इटहरी / करिब २ महिना अघि बिरामी भएपछी एकाएक मिडियाको हेडलाईन बनेकी हास्यकलाकार पल्पसा डंगोल चम्सुरीको स्वास्थ्यमा यतिबेला उल्लेख्य सुधार छ । उनको दुवै मिर्गौलाले काम गर्न छोडेपछि महाराजगञ्ज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मिर्गौला खोजीमा निकै दौडधुप भएको थियो । अन्तत: उनको अब मृगौला फेर्ने अन्तिम तयारि हुदै गरेको कुरा सार्बजनिक भएको छ ।

बुधबार चम्सुरिकै युट्युब च्यानलमा एक भिडियो सार्बजनिक भएको छ । जसमा चम्सुरी आफै हिडेर हस्पिटल प्रवेश गरेकी छन् । आफन्तसंग डायलासिस गर्न अस्पताले पुगेकी उनि आफैले पनि निकै सुधार आएको बताएकी छन् । आफ्नो चिन्ता गर्ने सबैलाई धन्यवाद दिदै आफ्नै परिवारभित्रबाट मृगौला दान गर्ने भेटिएको बताईन । अब ६ हप्तामा मृगौला प्रत्यारोपण गरिने डाक्टरको सल्लाह पाएको पनि सुनाईन ।

मिर्गौला समस्याका कारण नियमित डायोलोसिस गराउँदै आएकी पल्पसाले आफ्नो स्वास्थ्य अवस्था लामो समय सार्वजनिक गरेकी थिइनन् । ‘मेरी बास्सै’मा ‘चम्सुरी’पात्रको भूमिका निर्वाह गरेर उनले दर्शकलाई मनोरंजन दिदै आईरहेकी छन् । आफु ठिक भएपछी पुन: सो कार्यलाई निरन्तरता दिने बताईन । हस्पिटल रहदा उनलाई सहयोग गर्नेहरुको बाक्लो भिड थियो । तर, उक्त सहयोगलाई उनले लिएकी थिइनन् ।

तपाईको प्रतिक्रिया