अभिनेत्री ऋचालाई परिपक्क्व भएको आभाष, छोराको नाम जुर्यो ‘आभ्यान बिक्रम राणा’

इटहरी / अभिनेत्री ऋचा शर्माले आमा बनेपछि एकाएक आफू परिपक्व भएको आभाष भइरहेको बताएकी छन् । बधुवार नर्भिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी उनले बिहीवार नर्भिक अस्पतालको शैय्याबाट आफ्नो फेसबुकमा श्रीमानको साथमा छोरालाई छातीमा टँसाएको एक विशेष तस्बिर पोस्ट गर्दै आमा बनेपछि मनमा उब्जिएका भाव व्यक्त गरेकी हुन् ।

छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिँदै उनले लेखेकी छन्, ‘हिजोसम्म आफैं केटा केटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झैँ आभास भइरहेको छ । सोच्दा पनि पृथ्वी बोके झैँ लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ । अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरुको बाढी मनभित्र चलिरहेको छ ।’

तपाईको प्रतिक्रिया