काठमाडौँ / मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको नर्भिक अस्पतालले अस्पतालले बताएकाे छ । आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो । शाको उपचारका लागि ५० लाख बढी खर्च भएको समेत जानकारी दिएको छ ।
उद्धार गरिएको ३ महिनासम्म पनि सुधार नभएकाे अस्पतालले बताएकाे छ । ३ बर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दुर्घटनामा परेकी थिइन् । उनको दुर्घटना लगतै केही समय भारतमा उपचार भएपनि आर्थिक अभावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो । तर, विगत केही समयदेखि निशा अचेत अवस्थामा घरमै थिइन् । निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन् ।