पारस शाहको क्यारिकेचर गर्दा सिधै फाईनलमा !

इटहरी / यतिबेला कमेडी च्याम्पियनको दोश्रो सिजन फाईनलको चरणमा पुगेको छ । फाईनलको नजिक पुग्दै गर्दा बिजेता को बन्ला भन्ने कौतुहलता थपिएको छ । यता ताप्लेजुङका प्रतिष्पर्धी भरतमणी पौडेलले भने तहल्का माथी तहल्का पिटिरहेका छन् । शनिबार प्रसारण एपिसोडबाट त उनी भोटबिनै सिधै फाईनलमा प्रवेश गरेका छन् । हिजोको एपिसोडमा उनी पफर्मर अफ द राउन्ड बन्दै फाईनल प्रवेश पाएका हुन् ।

हरेक एपिसोडमा सामान्य बिषय प्रस्तुत गरेपनि उनको प्रस्तुति विशेष बन्ने गरेको छ । मञ्चमा उनको उपस्थिति नै हासोमय बन्दिने गरेको छ । कन्टेन्ट सुरु गरेपछि त उनको वाहवाही नै हुन्छ । प्रस्तुतीका कारण निर्णायकहरुको मन त जितेकै छन भने आम दर्शकको पनि उनी प्रीय भैसकेका छन् । उनलाई निर्णायकको रुपमा रहेकी ऋचा शर्माले ‘सेलिब्रेटिको पनि सेलिब्रेटी’ भएको प्रतिक्रिया दिइन् ।

भरतमणीले शनिबार प्रसारण भएको एपिसोडमा प्रस्तुत गरेको कन्टेन्ट र क्यारेक्टर १/२ दिन अगाडि बाटै सामाजिक संजालमा चर्चाको बिषय बनिसकेको थियो । निर्माण टिमले उनको सो प्रस्तुतिको क्लिप काटेर प्रोमोको रुपमा केही दिन अघि नै सार्बजनिक गरेको थियो । त्यसैले पनि उनको प्रस्तुती प्रतिक्षित बनिरहेको थियो । अन्ततः सबैको तारिफ बटुल्न सफल भए । पुर्व युवराज पारस शाहको हुबहु गेटअप र हुबहु क्यारिकेचर गर्दा मञ्चमा उपस्थित भएकाहरूले हासो थाम्न सकिरहेका थिएनन् । उनले पारस शाहले बोल्ने शैलिमा सामान्य प्रस्तुति दिएका थिए । तर, सो प्रस्तुतिले सबैको मन जित्यो ।

यता सनिवार प्रसारित एपिसोडमा पुर्व युवराज पारस शाहको गेटअपमा उनले गरेमा क्यारिकेचर यसअघि नै उनले गरिसकेका हुन । यसअर्थ कन्टेन्ट नया हो तर, उनले क्यारेक्टर भने पहिले कतै गरिसकेका छन् । उनको सो क्यारेक्टरलाई १ बर्ष अघि गाईजात्राको अवसरमा प्रस्तुत गरिएको देखिन्छ । तर, चर्चा भने यो बेला खुबै भएको छ । जे होस् उनलाई कमेडी च्याम्पियनको मञ्च सुरुदेखी नै फापेको छ । त्यसैले पनि उपाधिको हकदार उनी नै हुन् भन्दा फरक नपर्ला । अन्य प्रतिष्पर्धीको तुलनामा पौडेलको लोकप्रियता निकै नै छ ।

तपाईको प्रतिक्रिया