पहिलोपटक म्युजिक भिडियोमा एकसाथ अभिनेत्री बर्षा राउत र अभिनेता सलोन बस्नेत

इटहरी / गज्जब टिभीको निर्माणमा तयार भएको नयाँ गीत सम्झेर एक्लैको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एसडी योगी र मेलिना मैनालीको आवाजमा रहेको गीतमा एसडि योगीको संगीत र राम अविरल बिष्टको शब्द रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा बर्षा राउत र सलोन बस्नेत फिचर रहेका छन् । दुवैले पहिलो पटक सहकार्य गरेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

भिडियो

तपाईको प्रतिक्रिया