साहित्य, संगीत अनि कला साचै जीवनलाई नजिकबाट बुझ्ने एउटा माध्यम हो भन्दा फरक नहोला ! हरेक व्यक्तिहरूमा कुनै न कुनैप्रतिभा लुकेको हुन्छ ! आफु भित्र रहेको प्रतिभालाई आफैले चिन्न जरुरी छ यदि आफुले चिन्न सकिएन भने अरुलाई चिनाउन पनिसकिन्दैन ! यदि जीवनलाई कलात्मक बनाउन सके जिवन हुनुको अर्थ हुन्छ नत्र त क्यकटस जस्तो ज़िन्दगी बाच्नु पर्छ ! त्यसो त मान्छेकोजिन्दगी फुल जस्तै हुन्छ आफु भित्रै काडा आफु भित्रै सुन्दरता मतलब सुख अनि दुःखको परिपुरक ! हरेक मान्छेहरूले आफ्नो प्रतिभाकोमाध्यमबाट आफु भित्र रहेको कुरालाई व्यक्त गर्छन!
आज म यस्तो एउटा प्रतिभाशाली व्यक्तिको कुरा गर्न जादैछु ! नेपाली आमदर्शकहरूमा यो नाम नौलो हुन सक्छ तर, नेपाली भाषी भूटानी समुदायमा भने यो नाम पक्कै नौलो हैन ! नरमान राई नेपाली आमदर्शकहरूमा संघर्ष गरी रहेको एउटा प्रतिभा भन्दा फरक नपर्ला ! झापाको गोलधाप शरणार्थी शिविरमा जन्मिएका राई हाल स-परिवारअमेरिकामा बस्दै आएका छन !
<img src=”https://purbelinews.com/wp-content/uploads/2021/08/unnamed-1.jpg” alt=”” width=”960″ height=”932″ class=”alignnone size-full wp-image-466680″ />
नेपाली माटो मै हुर्किए तर, बिडम्बना गर्वले नेपाली हु भन्न पनि राईसंग नेपाली नागरिकता थिएन ! हालअमेरिकाको नागरिक भई सकेका छन तर, पनि मनमा नेपाली पन अनि नेपाली मन साथै नेपाली धर्म संस्कृति बचाउनु पर्छ भन्ने राईकोबुजाई छ ! सानै उमेरमा नृत्य कला भने पछि हुरुकै हुने ! आफु पनि सिक्ने अनि अरुलाई पनि सिकाउने दिनचर्या नै बनेको थियो ! शरणार्थी शिविरमा छदै राईले विभिन्न नृत्य कला प्रतियोगितामा भाग लिएर आफुले पुरस्कार पाएको कुरा समझन्छन ! दुःख त थियो तर, त्यहि दुःखले गर्दा आफुमा निखारता पाएको अनुभव छ राईमा ! लामो समय शरणार्थी जिवन बिताएका राई हाल अमेरिकाको एक्रोनसिटी ओहाइयोमा बस्छन ! नेपाल छोडे पनि राईले आफु भित्र रहेको प्रतिभा छोड़न सकेन !
जहाँ पुगे पनि नेपाली भाषा संस्कृति अनिनेपाली कलालाई भुल्न सकेन ! फल सरूफ राईले अमेरिकामा एउटा डान्स स्कुल समेत खोलेका छन जसको नाम रहेको छ RBNK DANCE STUDIO आरबाट राधा, बिबाट बाल, एनवाट नृत्य, केवाट केन्द्र हुन्छ ! राई सो डान्स स्कुलका संयोजक समेत हुन ! सोस्कुलमा बालक, युवा, अधबैँसे समूहका समेतलाई विभिन्न विधाका नृत्यहरू सिकाइन्छ । कथक, उर्बान, हिपअप, साल्सा, कनटेम्प्रोअरी, फ्रिस्टाइल आदि समतेलाई यहाँ प्रशिक्षण दिइन्छ राई बताउँछन्! नृत्यकार राईले हाल सम्म एक दर्जन भन्दा बडी गीतमा कोरियोग्राफीअनि निर्देशन गरेका छन अनि चार वटा गीतमा आफैले खेलेका पनि छन ! अमेरिकामा भएको मेरो डान्स कप युएसएको सिजन तिन रचार समेतमा जजको भूमिका निभाएका थिए ! बार्सिक रूपमा हुने डान्स रियालिटी सो हाल कोरोनाको कारण बन्द भएको छ !
<img src=”https://purbelinews.com/wp-content/uploads/2021/08/unnamed.jpg” alt=”” width=”580″ height=”960″ class=”alignnone size-full wp-image-466681″ />
नृत्यनिर्देशनमा आफुलाई स्थापित गराउन धेरै मेहनत गरी रहेको छु राई बताउँछन् ! डान्स यस्तो माध्यम रहेछ जसबाट हामीले हामी भित्रभएको फ्रस्टेसनहरू ईमोसनहरू, पिडाहरू अनि खुसिहरू पोख्न सक्छौ देखाउन सक्छौ ! नृत्य निर्देशनमा लागी परेका राईले डायस्पोरामारहेर पनि आफ्नो नेपाली पन नेपाली कला संस्कृतिलाई कही न कही योगदान दिई रहेका छन ! यि होनहार प्रतिभालाई हामीले सम्मान गर्नुपर्छ ! भोलीको दिनमा हामीले राईको नाम नेपाली कला क्षेत्रमा अग्रपंक्तिमा देख्न पाऊँ शुभकामना छ !
बिश्वास लामा, हाल क्यानडा