‘डिभोर्स’पछि पनि आमिर खान र किरण राव संगै

काठमाडौं । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले डिभोर्स गरेको समाचारले भारत लगायतका विश्वका अन्य मिडिया पनि ताते । उनीहरुले विवाहको १५ वर्षपछि गत असार १८ गते ‘डिभोर्स’ को निर्णय गरेको सार्वजनिक गरेका थिए । उनीहरुले एकैसाथ फेसवुक लाइभ आएर डिभोर्सवारे जानकारी दिएका थिए । त्यस अघि उनीहरुले एक अपिल जारी पनि गरेका थिए ।

तर ‘डिभोर्स ‘पछि पनि उनीहरुले रमाइलो दिन बिताइरहेका छन् । अहिले उनीहरु जम्मू कश्मीरमा छन् । बलिउडका स्टार अभिनेता आमिर खान अहिले जम्मू कश्मीरमा छन् । उनीसँग पूर्व पत्नी किरण राव पनि कश्मीरमा छिन् । जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले यो कुराको पुष्टि हुने तस्बिर सार्वजनिक गरिदिएका छन् । उनीहरु दुवैजना सिन्हालाई भेट्न पुगेका थिए ।

कुराकानीमा उपराज्यपाल मनोज सिन्हाले आमीर र किरणसँग नयाँ फिल्म ‘पोलिसी’ लिएर कुराकानी गरेको बताएका छन् । ‘जे एण्ड के’ फिल्मको ‘पोलीसी’ बारे गरेको र छिट्टै फिल्मका काम सुरु गरिने बताएका छन् । आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो । यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । केही समयसँगै बिताएपछि उनीहरुले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया