सन्देश पौडेलको स्वरमा ‘बित्यो बालापन’ बोलको गीत सार्वजनिक

काठमाडौं / बालगायक सन्देश पौडेलको स्वरमा ‘बित्यो बालापन’ बोलको गीत सार्वजनिक भएको छ । अभिभावक गुमाउँदाको कारण पढ्न नपाएको पिडा गीतमा समेटिएको छ ।

उक्त गीतमा शव्द ललिता शर्माको रहेको छ भने, रमेश सुवेदीको संगीत रहेको छ । विक्रम कार्कीको संयोजनमा रहेको गीतमा सन्देश सँगसँगै सर्मिला शर्माको अभिनय रहेको छ ।

उक्त भिडियोको नबिन गिरीले छायाँकन गरेका छन् भने, अमृत चापागाईंको सम्पादन रहेको छ । उक्त गीतमा प्रदिप रसाईंलीले निर्देशन गरेका हुन् । यो सँगै बालगायक सन्देशले आधा दर्जन भन्दा धेरै गितहरू गाइसकेका छन् । साथै अभिनय पनि गरेका छन् ।

भिडियाे

तपाईको प्रतिक्रिया