२० वर्षअघिको तिजगीत ‘कदमको छायाँले’ नयाँ भर्सनमा सार्वजनिक

इटहरी / चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको गीत ‘कदमको छायाँले’ नया भर्जनमा सार्वजनिक भएको छ । कदमको छायाले आमाको मायाले, तिज विशेष रहेको करिब २० वर्ष अगाडि रेकर्ड भएको गीत नयाँ भर्जनमा सार्वजानिक गरिएको छ ।

गीतलाई नयाँ एरेन्जमेन्ट सहित भिडियो रीमा इन्टरटेन्मेन्टले रिलिज गरेको हो । पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए ।

लय पुरानै भएपनि शब्द र भिडियोमा देखिने कलाकारहरु समय सापेक्ष बनाईएको छ । पुनः ताजकी गरीएको गीतमा सुनिता बुढा छेत्रीले स्वर दिएकी छिन् । शब्द, संगीत रायमाझी आफैले गरेका हुन् भने भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको क्यामेरा, मिराज अर्यालको सम्पादन रहेको भिडियो निर्देशन नारायण रायमाझीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया