अभिनेत्री सुरक्षा पन्तको ‘माया गर्ने मान्छे’ सार्वजनिक

इटहरी / गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रचना रहेको छ । ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।

दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन तथा उज्जवल ढकालले सम्पादन गरेका छन् । भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन् । अडियो र भिडियो दुवै उत्कृष्ट बनेको कारण दर्शक श्रोताले मन पराउने आशावादीमा रहको गायिका अस्मिता परियारले बताइन ।

यसअघि पनि थुप्रै गीतमा स्वर दिई सकेकी अस्मिताले चलचित्रमा पार्श्व गायन समेत गरिसकेकी छिन् । भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ट्री इन्टरटेन्टमेन्टबाट यसअघि थुप्रै म्युजिक भिडियो तथा चलचित्र ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’को निर्माण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया