पोर्न स्टार डाकोटा स्काइको आफ्नै घरमा मृत्यु

सएञ्जलस । अमेरिकाको लसएञ्जलस २७ वर्षीया पोर्न स्टार डकोटा स्काइको मृत्यु भएको छ । उनी घरमा उनी मृत भेटिएकी हुन् । स्काइको मृत्युको कारण अहिले खुल्न सकेको छैन ।
रिपोर्टका अनुसार उनी आफ्नो नीजि निवासमा निक्कै चिन्तित रहेकी थिइन् । अनलाइन ट्रोलको निसाना आफूमा परेकामा समेत चिन्तित थिइन् ।

हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि टपलेस पोजमा खिचाएकी थिइन् । उक्त तस्बिरलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको थियो ।

तस्बिरका कारण उनलाई ज्यान मार्ने धम्की समेत मिलेको थियो । उनको निधनको समाचारले सबैलाई हैरान बनाएको छ । पुलिस अधिकारीले अनुसन्धान गरिरहेका छन् । निधनको कारण खुल्न सकेको छैन । डकोटा स्काइको सक्कली नाम लरेन केय स्कोट हो ।

तपाईको प्रतिक्रिया