भाईरलहरुको बारे बोल्दा विवादमा बिमल र समीक्षा, लेखे यस्तो स्ट्याटस

इटहरी / पछिल्लो समय नेपाली साङितिक उधोग भाईरलको जालो भित्र रुमल्लिएको छ । पुराना श्रष्टाहरुको भन्दा रातारात भाईरल भएका प्रतिभाहरुको भिडियोले चर्चा र लोकप्रियता पाईरहेको छ । तर, यो दीर्घकालीन भने पक्कै हैन । संगीत उधोगलाई यसरी भाईरलमा रुमल्याउदा केही कलाकारहरू रुष्ट छन् । जसमध्येका एक हुन मोडल बिमल अधिकारी । उनले भाईरललाई प्रयोग भैरहेको बिषयबारे बोले । सो कुरा बोल्दा यतिबेला उनी आफै विवादको भुमरिमा रुमल्लिएका छन ।

सामाजिक संजालमा यतिबेला उनको चर्को बिरोध तथा आलोचना भैरहेको छ । यस्तै उनी संगै गायिका समिक्षा अधिकारी पनि यो भुमरिमा बिमल संगै रुमल्लिरहेका छन । बिमलले सचिन र समग्र संगीत उधोगको लागि त भलो हुने कुरा नै बोलेका हुन, तर उनको सो बोली सामाजिक संजालमा भने चिप्लिए सरह भयो । उनले केही युट्युब च्यानलहरूका अगाडि पछिल्लो समय संगीत उधोगमा भाइरलहरुको मिस युज भैरहेको बोलेका थिए ।

उनले ‘अहिले फलानोको खुट्टा भाचियो, उसले गीत नै गाउनु पर्ने, उसले भिडियो नै खेल्नुपर्ने, स्टुडियो बाख्राको खोरजस्तो भैसक्यो’ भन्ने अभिव्यक्ति दिएका थिए । अहिले यहि कुरालाई लिएर उनी र अन्तरबार्तामा संगै रहेकी गायिका समिक्षा अधिकारीमाथी शब्दको प्रहार भैरहेको हो । गीत संगीत उधोगमा ल्याउने हो भने पनि दिगो हुने तरिकाले ल्याउनुपर्ने उनको तर्क छ भने आफुले सचिन परियारको राम्रो कुरा गरेको भन्दै स्ट्याटस समेत लेख्न बाध्य भए । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् ।

“म को हु मेरो जीवन के हो मेरो गन्तव्य के हो ? हिजो के भयो त्यो मलाइ थहा छैन भोलि के हुन्छ तेस्को चिन्ता म लिन्न तर येति बिस्वास छ कि आज मैले जे गर्छु त्यो भोलि ऐना जस्तै छर्लङ्ग मेरो सामु आउनेछ।। तिमी को हौ र तिमिले के गर्न सक्छौ त्यो महत्वपूर्ण छ यो माया यो रिस सबै भ्रम हो, आफ्नो पीडा दुख र रिशलाइ शक्ति बनायेर आफ्नो जिवनरुपी युद्धमा प्रयाश गर्ने छु येस्ले मलाई अवस्य पनि यो जीवन युद्ध लड्न मद्धत गर्नेछ यो जीवन एउटा युद्ध हो र म एउटा योद्धा जस्लाइ चोट खायेर भयेपनी आफ्नो गन्तब्यमा पुग्नु छ तर हार मान्ने छैन

नोट-मैले सचिन भाइ को बारे राम्रो कुरा गरेको थिए भाइ लाइ सङित कलास मा पनि जोइन गरौ ताकि भोलि को लागि उ राम्रो कलाकार बनिराखुन भन्ने हो यहा त हजारौ कलाकार भाइ बैनि बेवारिसे अबस्था मा छन यो नहोस भनेर बोलेको हु तर यो कुरा सम्पुर्ण कलाकार को लागि बोलेको हो सचिन भाइको बारे न कुनै रिस छ मेरो न कुनै राग म अयको १२ बर्श भो यो भन्दा अघिका भाइ बैनि खै कहा गय किन यिनिहरुलाइ मिस युज बनायका छ्न भनेको थिय मलाइ पनि मन पर्ने भाइ हो सचिन मैले उस्कै राम्रो को लागि बोलेको थिय ।

कहा बाट आयो ए जात भात धनि गरिब यहा भेट्दा राम्रो बोलेकै हो भन्ने हजार कलाकर हुनु हुन्छ तर बोल्ने मुटु भयको कोइ देखिन आज होइन मैले गलत नगर्दा पनि यति गालि गलोज खान परेको छ १२ बर्श भो गित सङित मा लागेको भोलि को नेपालि गित सङित को बारे बोलेको थिय तर समाज अनि मानिस जात भात धनि गरिब मा लगेर जुधाएको छ । प्यारो भाइ सचिन तिमि धेरै पढ्नु अनि मैले बोलेको कुरा हेर्नु सुन्नु एक पटक तिमिले मलाइ नराम्रो ठान्ने छैनौ दाइ ले मेरो भबिस्य को लागि बोलेको रैछ भन्ने छौ किन कि मैले तिमि जस्तै ९९९ सचिन को पिर परेर बोलेको थिए यहा सत्य तितो हुन्छ ।।”

यस्तै विवादमा परेपछि गायिका यसबारे प्रष्ट्याउदै एक स्ट्याटस लेखेकि छन् । जुन यस्तो छ:
जुन आजको अन्तरबार्ता मा सचिन भाईको बारेमा मलाई लिएर मेरो बारेमा धेरै नकारात्मक कुरा आएको छ एसप्रति म निकै दुखि छु यदी म बाट जानी नजानी केहि गल्ति भएको भए माफी चाहन्छु मैले केहि पनि बोले जस्तो लाग्दैन मलाई मन पर्ने कलाकार हुन् सचिन भाई म पनि सिक्ने क्रम म़ा छु सचिन भाई भन्दा ५,६ वर्ष जेठी त हुम्ला जानेको केहि छैन सिक्ने क्रम म़ा कति सफल त कति असफल भए होला तर म हजुरहरुले बनाएको समीक्षा हो हजुर हरु मेरो भगवान हो आज आफ्नै भगवान ले श्राप दिए जस्तो लागेको छ म बाट गल्ति भएको भए हजुर हरु सम्पूर्ण प्रति र सचिन भाई पर्ति मनै देखि माफी माग्न चाहन्छु हजुर हरुको नकारात्मक कमेन्ट ले आज म टेकेको धर्ति भासिए जस्तो भएको छ खादै नखाको बिष ले आज जिउदै मरे जस्तो भएको छ ।

तपाईको प्रतिक्रिया