इटहरी/ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाले आज माघ ११ गते लगनगाठो कसेका हुन् । विवाह समारोहबाट केहि तस्वीर सार्बजनिक भएसंगै राई दम्पतिलाई बधाईको ओईरो लागिरहेको छ ।
काठमाडौँमा विवाह लगत्तै प्रदेश १ राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ । मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता हुन् । शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ । तस्विरहरू