इटहरी / निर्देशक भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशनमा नवराज कोयिको “ढुङ्गा यो मन” बोलको म्युजिक सार्वजनिक भएको छ । उक्त गीत शुक्रबार थैली इन्टरटेमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतकार नवराज कोयीको शब्दमा गायिका मेलिना राई र दिलिप कोयिले आवाज भरेका छन् । यस गीतमा सन्देश रुचलले एरेन्ज र गायक कोयीकै कम्पोज रहेको छ ।
भिडियोमा मोडल सुजता थुलुङ, दिलिप कोयी, विष्णु मोक्तान र निश्चल राईको उत्कृष्ट अभिनय देख्न सकिन्छ । निर्देशक तुम्बाहाङ्फे आफैले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।