काठमान्डाैं / लक्डाउनका कारण आम सर्वसाधारण देखि सेलिब्रेटीहरु पनि घर भित्रै बस्न बाध्य भए । हालसम्म पनि कोरोनाको त्रास झन झन बढ्दै गईरहेको छ । तर, दैनिक गुजारा टार्न अहिले भने सुरक्षित भै आम जनमानस बहिर निस्किन थालेका छन् । यता, गर्मी भुलाउन कोहि बाहिर निस्किन पाएनन्, कारण कोरोना । पछिल्लो केहिदिन यता साझ बिहान चिसोको आभास हुन थालेको छ । स्विमिङ पुलमा रमाउनेहरुले त्यो पल सम्झन मात्रै सके ।
तर, नायिका वर्षा सिवाकोटीले भने स्विमिङ पुलमा मस्ती गरेर गर्मिलाई बाईबाई गरेकि छन् । आफ्नो परिवारको साथमा आगन्तुक रिसोर्ट पुगेकी बर्षाले स्विमसुटका केही मस्त तस्विरहरु सामाजिक संजालमा सार्बजनिक गरेकी छन् । म्यूजिक भिडियोमा व्यस्त वर्षा समय मिलाएर परिवारसँग रमाउन रिसोर्ट पुगेकी हुन् । दशैं लगतै अमेरिका जाने तयारीमा रहेकी वर्षाले चलचित्र ‘परदेशी २’को छायांकन दशैंपछि नै सुरु हुने जानकारी दिएकी छिन् ।