थारू गायक देव कृषण विश्वासकाे नयाँ गीतकाे म्युजिक भिडियाे सार्वजनिक

माेरङ / थारू गायक तथा संगीतकार देव कृषण विश्वासकाे नयाँ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । वडा दशैँ तथा शुभदिपावलीकाे हार्दिक मंगलमय शुभकामना सहित विश्वासले ‘पाेगरी’ बाेलकाे गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरेका हुन् । युट्युव च्यानल ‘बगिया इन्टरटेनमेन्ट’ बाट शनिवार साे गीत सार्वजनिक भएकाे गरिएकाे हाे ।

थारू कला संस्कृती र भेषभुषाकाे संरक्षणमा लागि परेकाे उनी यस गीत मार्फत पनि थारू संस्कृतीकाे वर्णन गरिरहेका छन् । यस गीतमा शब्द, संगित तथा अावाज देव कृषण विश्वासले नै दिएका छन् भने निर्देशन तथा काेरियाेग्राफी, थारू काेरियाेग्राफर रजनिस चाैधरीले गरेका छन् । गाैरभ चाैधरी र देव कृषण विश्वासकाे कन्सेप्टमा तयार भएकाे यस गीतकाे अरेन्ज अनि मिक्सिङ बिराटनगरकाे बिट्स स्ट्युडियाेमा गरिएकाे हाे । लक्षमण थन्दार (थारू), गाैरभ चाैधरी र रचना हजारी (थारू) काे अभिनय रहेकाे यस गीतकाे भिडियाे छायंकन श्रवण कुमार चाैधरीले गरेका छन् ।
हेर्नुहाेस भिडियाे :

तपाईको प्रतिक्रिया