पर्शुरामको फष्ट लुक सार्वजनिक

parshuramएक्सन प्रधान चलचित्र पर्शुरामको फष्टलुक सार्वजनिक गरिएको छ । प्रर्दशनको लागि तयार भएको यो चलचित्रले औपचारीक रुपमा रिलिज डेट भने सार्वजनिक गरिएको छैन । एन आर घिमिरेको निर्देशन रहेको यो चलचित्र मा किशोर खतिवडा , जान्वी बस्नेत , नवराज रावत , स्वस्ति क्षेत्री , शुशिल पोखरेल , घनश्याम गिरी को मुख्य भुमिका रहेको छ । चलचित्रका नायक किशोर खतिवडालाइ पावरफूल भुमिका दिइएको छ । पोष्टरमा पनि किशोर खतिवडालाइ मात्र देखाइएको छ ।

आज सम्मकै फरक गेट अप मा देखिएका खतिवडाले यो चलचित्र बाट ठूलो अपेक्षा गरेको बताएका छन् । व्ल्याक चिल्लि इन्टरटेनमेन्ट को व्यानरमा बलिभद्र राना को प्रस्तुति यो चलचित्रलाइ महेन्द्र बुढाथोकि , यादव सैघाली , राजभक्त राणा ले निर्माण गरेका छन् । चलचित्रका सहनिर्माता पारस बस्नेत रहेका छन भने कार्यकारी निर्माता सबिन प्रियासन हुन् ।
parshuram2

तपाईको प्रतिक्रिया