दिपक लिम्बूकाे ‘म त मरे भुतुक्कै…’ सार्वजानिक

काठमाडौं । गायक दिपक लिम्बूकाे ‘म त मरे भुतुुक्कै…’ गीत सर्वजानिक भएकाे छ । अग्निप्रसाद केदेम लिम्बूको रचना, हर लम्सालको संगीत र एरेन्ज रहेकाे उक्त गीत हेम्स् इन्टरटेन्मेन्टमार्फत सार्वजानिभ भएकाे हाे ।

लकडाउनको समयमा निर्माण गरिएको गीतमा लकडाउनको केही झल्को पनि देखाइएको छ । झापाको चर्चित ‘कभर सङ’ निर्माण गर्ने एजे क्रिउ डीडीएफको समूह भिडियोमा छन् । एजे क्रिउले बनाएको कभरसङहरु युट्युवमा लाखौले हेरेका छन् । उक्त समूहलाई सोयाश्री बज्राचार्यले साथ दिएकी छिन् । भिडियो गोकुलम् रिसोर्टमा छायांकन गरिएको हो । महेस सिग्देलको श्रृङ्गार, निशा दाहालको हेयर डिजाइन, कोरियाग्राफी अरुण लिम्बू, ड्रोन सुमन तामाङ रहेको भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले छायांकन र निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया