मोडल हन्टका लागी ६५ छनौट

काठमाडौ । ‘मोडल हन्ट नेपाल २०१६’का लागी ३५ युवती तथा ३० युवा छनौट भएका छन् । राजधानिमा आयोजित बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छनौट भएका हुन् । देशभरबाट दश हजारबढी प्रतियोगी अडिसनमा सहभागि थिए । शनिबार आयोजित छनौट चरणको अन्तिम अडिसन पछि ३० युवा र ३५ युवती अन्तिम स्पर्धाका लागी फाइनल भएको आयोजकले सार्वजनिक गरेको हो ।

कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट नेपाल २०१५ बिजेता समिर कुवर रानालगायत अडिसनको निर्णायकमा रहेका थिए । छानिएका प्रतियोगीलाई अब फाइनल स्पर्धाका लागी बिभिन्न प्रशिक्षणमा सहभगि गराइने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

DSC_0697
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो सौन्दर्य प्रतियोगिता गत बर्षबाट नेपालमा पनि सुरु भएको हो । युवा युवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता लाभदायक सिद्ध हुने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगितामा शीर्ष सहित आधा दर्जन उप–विधामा पुरस्कृत गरिनेछ ।

 

तपाईको प्रतिक्रिया