ईटहरी / कान्तिपुर टेलिभिजनमा हरेक सोमबार र मंगलबार प्रसारण हुने रियालिटी शो हो कमेडी च्याम्पियन, जसमा हजारौ प्रतिस्पर्धी प्रतिस्पर्धामा उत्रिएका थिए तर कमेडी च्याम्पियनको अहिले सम्मको एपिसोडमा आइपुग्दा इटहरीका सुमन कोइरालाले हंगामा मच्चाइरहेका छन् भन्दा फरक पर्दैन । टप ७ को दले क्यारेक्टर बाट कमेडीको दुनियामा इतिहास रच्न सक्ने भनिएका उनि गएको मंगलबारको एपिसोडमा पनि उनले दर्शकहरुलाई भरपुर रमाईलोको स्वाद चखाइरहेका थिए भने निर्णायकको रुपमा रहेका जर्जले पनि भरपुर मनोरंजन लिईरहेका थिए ।
यता विशेष अथितिको रुपमा शोमा निम्त्याईएका कमेडियन सन्दीप क्षेत्री र बुद्धि तामांगले पनि उनको कमेडीलाई खुलेरै तारिफ गर्न समेत भ्याए ।प्रतिस्पर्धाबाट बहिरिएर पनि उनि वाइल्ड कार्ड इन्ट्रीबाट उत्कृष्ट ७ मा प्रवेश गरेका थिए । यो शोबाट सुमन अर्गानिक कमेडियनको रुपमा परिचित छन् । टप ७ को “दले” क्यारेक्टरले उनलाई देश तथा बिदेशमा समेत चर्चामा ल्यायो भने मंगलबारको एपिसोडमा उनको दमदार प्रस्तुति पश्चात शोमा उपस्थिति दर्शकबाट वान्समोरले शो नै गुञ्जयमान भएको थियो ।
खुसिको कुरा यति मात्र हैन, उनि जर्जको उच्च मुल्यांकन सहित पफर्मर राउण्ड अफ द डे घोषित भई सिधै टप ५ मा प्रबेश भएका छन् । अब यो साता अन्य प्रतिष्पर्धीलाई भोटको आवस्यकता परेपनी उनलाई भने भोटको जरुरत परेन । यता उनी सिधै उत्कृष्ट ५ मा प्रवेश पाए संगै ई सेवा मार्फत २५ हजार प्राप्त गरेका छन् भने एक्सप्रेस सेवा प्राइभेट लिमिटेड मार्फत २५ हजार तथा अन्य गिफ्ट पनि प्राप्त गर्न सफल भएका छन ।
कमेडी च्याम्पियनले करौडौ दर्शकहरुलाई हसाउन सक्ने एक कमेडी पात्र खोजिरहेको बेला यस्ता कमेडी पाउनु कमेडीको दुनियामा गर्वको कुरा हो । त्यस्तै कमेडी च्याम्पियनको जर्जमा रहेका प्रदीप भट्टराइले “तपाई हामीलाई चाहिने मान्छे हो” भन्दै उनको कमेडीको तारिफ सहित एक सेल्फीमा सुमन सहित जर्ज र कमेडिका गेस्ट बुद्धि र सन्दीप पनि अटाउन भ्याए । यता सन्दिप क्षेत्रीले सुमनलाइ “तालि र गालीको पछि नलाग्नु किनकि ताली र गालि दुवै अस्थाई हुन” भन्दै संगै वर्ल्ड टुर जाने प्रतिबद्धता समेत राखे । शोमा अतिथिको रुपमा उपस्थित बुद्दी तामाङले “म त् यस्तो कमेडी गर्न कुनै हालतमा पनि सक्दिन” भन्दै सुमनलाई हौसला प्रदान गरे । हुनत हेर्दा जति सरल भए पनि जुनसुकै सो जितेर त्यसको बिजयी हुनु चानचुने कुरा भने होइन तर पनि ४ जना जर्जका साथसाथै करोडौ दर्शकहरुलाई विभिन्न बिषयबस्तुमा आधारित भएर हसाउन सक्नु चुनौतीपूर्ण कार्य नै हो ।
त्यसैले भनिन्छ जति धेरै चुनौती त्यति नै धेरै सफलता । उक्त शोको बिजेताले पाउने छन् २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण । सोको फर्म्याट अनुसार टप १५ भन्दा उता जर्जहरुको जर्जका आधारमा प्रतिस्प्रधी छनोट हुने र टप १५ देखि यता भने कुनै जर्जको निर्णयका आधारमा नभई भोटिंगको सम्पूर्ण अघिकार दर्शकहरुको भोटको आधारमा नै हुदै आएको छ ।