ईटहरीमा गायक दुर्गेश थापा र गायिका ईन्दिरा जोशी प्रस्तुतिका लागि आउदै

ईटहरी / प्रदेश १ को मुख्य केन्द्रबिन्दुको रुपमा रहेको ईटहरिमा पछिल्लो समय धेरै सांगीतिक कार्यक्रम तथा फेसन शो लगायतका मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना हुन थालेको छ । कहिले ब्यवस्थापन राम्रो गर्न नसकेका कारण आलोचित पनि बनिरहेका छन् भने कहिले वाहवाहि पाईरहेको परिप्रेक्ष्य छ ।

यस्तैमा केहि समय अघि गीतका कारण प्रहरी नियन्त्रणमा समेत पुगेका चर्चित गायक दुर्गेश थापा र अर्की चर्चित गायिका तथा नेपाल आईडलका निर्णायक मध्येका एक इन्दिरा जोशीको प्रस्तुति सहितको कार्यक्रम हुने भएको छ । सोसियल रिकन्स्ट्रक्सन फाउन्डेसनको आयोजनामा यहि मङ्सिर २६ गते हुन लागेको कार्यक्रममा थापा तथा जोशीले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरु गाएर ईटहरी बासीलाई झुमाउने छन् । इटहरी म्युजिक फेस्टिवल नाम दीएर सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रम पश्चात नाफाको केहि प्रतिशतले ईटहरिमा अवस्थित अनाथ तथा असाहयको लागि स्थापना भएको ‘माया घर’मा न्यानो कपडा हस्तान्तरण गरिने कार्यक्रम संयोजक यम राईले बताए । नेपाल पर्यटन वर्ष २०२० लाई प्रबर्धन गर्ने उद्देश्य रहेको यस कार्यक्रममा थापा र जोशी संगै कलाकारहरु सौरव भट्टराई, सैलेश निरौला, हिडेंन टेम्पल ब्याण्ड, प्रतिक अधिकारी आदिको समेत प्रस्तुति रहने छ । कार्यक्रमको ईभेण्ट पार्टनरको रुपमा सोच खबर प्रालि रहेको छ भने राष्ट्रिय माविको खेल मैदानमा कार्यक्रम आयोजना हुदै छ ।

तपाईको प्रतिक्रिया