मोरङ / मोरङकाे सुन्दरहरैचा नगरपालिका -२, जोगियारेमा ग्राम देवि देवता मन्दिर मेला पुजाको अवसरमा बैशाख २९ गते तेस्रो जोगियारे सांगितिक कार्यक्रम गर्ने भएको छ ।
जोगियारे युवा संजालको आयोजना हुन गएको उक्त कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय कलाकार श्रीकृष्ण लुइँटेल रहने आयोजकले जनाएको छ । बोके दाह्रीको उपनामले चिनिने लुइँटेल सामाजिक बिकृतीलाई परिस्कृत गरि सन्देशमुलक गित प्रस्तुत गर्ने तथा युवा, बालबालिका र वृद्धवृद्धाको मनमुटुमा बस्न सफल गायक हुन । लुईंटेलका धेरै गीतहरू मध्ये ‘ए बाउ किन्देउन भटभटे’, ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुगको धर्म’ बाेलकाे गीत लाेकप्रिय छन् ।
कार्यक्रममा थारु समुदायका लोकप्रिय कलाकार देवकृष्ण बिश्वास, आरसी चौधरी, सुनिरा चौधरी, आइडल सिंगर कृष्ण खवास, नोबेल मिस्टर एण्ड मिस थारु आइकनका मिस्टर ट्यालेन्टका बिजेता रजनिश चौधरी तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहनेछ ।
उक्त दिन दिनको २ बजे थान गाछिमा कार्यक्रम संचालन हुनेछ भने कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्वसेवक टोली खटाईने र शान्ति सुव्यवस्था कायम गर्न इलाका प्रहरी कार्यालय हरैंचा र सशस्त्र बेस क्याम्प डंग्राहाले सहयोग गर्ने संजालका अध्यक्ष नन्दु खवासले जनाएको छ ।