ईटहरी/ गायक साजन राईको “उढ्छे चरी झैँ देख्छु परी झैँ” गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । गीतलाई युट्युव च्यानल हेम्स ईन्टरटेण्डमेन्टले सार्बजनिक गरेको हो । उक्त गीतमा किशोर सापकोटाको शब्दलाई गायक राईलेनै संगीत गरेका हुन् । हेर्नुहाेस भिडियो:
साउण्ड मिल स्टूडियोमा रेकर्ड गरीएको गीतलाई उदयराज पौडेलले संगीत संयाेजन गरेका छन । काठमाडौँका रमणीय स्थानहरुमा छायंकन गरीएको भिडियाेमा अरुण लिम्बुको कोरीयोग्राफी रहेकाे छ भने एजे क्रीउको अत्यन्तै सुन्दर नृत्य देख्न सकिन्छ ।
गीतलाई भुपेन्द्र तुम्बाहाम्फे (लिम्बु) ले निर्देशन गरेका हुन् । अरुण न्यौपानेले सह-छायांकनमा, बिकाश धमलाको सम्पादन रहेको छ । गौतम थापाले प्रटक्सन सम्हलेका थिए । भिडियाेलाई निर्देशक तुम्बाहाम्फे स्वयमले छायकंन गरेका हुन् ।