खुशी खोसिएको रविको आमाको यसरी भयो अन्तिम दाहसस्कार ( १५ तस्विरहरू)

ईटहरी/ खुशी सेलाउन नपाउदै नेपाल आईडल २ बिजेता रवि ओडलाई दुखको बज्रपात पर्यो । यो बज्रपातको पीडा कति र कस्तो हुन्छ, त्यो उनलाई मात्र थाहा छ । खुशीको आशुमै दुखको आँसु मिसिनु पर्ने उनको भाग्यमा लेखिएको रैछ । करेन्ट लागेर आमाको मृत्यु भएपछि उनी स्तब्ध छन् । हिजो बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर रविको आमा घाइते भएकी थिइन् ।

४५ वर्षीया उनकी आमाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको थियो । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए । उनका ३ छोरा र २ छोरीहरु छन् । उनको हिजो नै परम्पराअनुसार दाहसस्कार पनि गरिएको छ । हेर्नुस् केही पिडादायक तस्वीरहरु ।

तपाईको प्रतिक्रिया