आफुमाथी यौन दुर्ववहार गर्ने आयोजकलाई ज्योति मगरले लगाईन् प्रहरीको जिम्मा

ईटहरी/ गायिका ज्योति मगरमाथि दुव्र्यवहार भएको छ । चितवनमा मंगलबार सम्पन्न एक सांस्कृतिक कार्यक्रमपछि आयोजकले खाना खाने बहानामा होटलमा लगेर दुव्र्यवहार गरेको ज्योति मगरले मध्यराति टेलिफोनमार्फत आफूलाई जानकारी गराएको पत्रकार रामजी ज्ञवालीले बताएका छन् । आफूलाई आयोजकमध्यका एक सदस्यले सेलिब्रिटी जस्तो मान्छे खुला ठाउँमा खाना खान हुन्न, सेक्रेट ठाउँमा खानुस कोठाको व्यवस्था छ भनी ज्योतिलाई भनेका थिए । तर, उनले आफू बसेको कोठामै खाना आउँछ भन्दा जान मानिन ।

ती व्यक्तिले ज्योति बसेकै कोठामा रक्सी मगाएर एकैछिन गफ गर्छु अनि निस्कन्छु भन्दै ११ बजेसम्म पनि निस्कन नमानेपछि ज्योतिले असुरक्षित महसुस गर्दै होटलका स्टाफसँग सहयोग मागेकी थिइन् । ज्योतिले नजिकको एक बहिनीलाई कोठामा बोलाएपछि ती व्यक्तिले नराम्रोसँग ज्योतिसँग छाडा मुख लगाए । भन्नु नभन्नु सवै भनें । कार्यक्रममा मैले बोलाएको हो, पैसा मैले तिरेको हो, यो कोठाको पनि भाडा मैले तिरेको हो, पख तेरो अब के गर्छु ! किन अरुलाई बोलाएको हो भन्दै ज्योतिमाथि खनिए ।

त्यसपछि ज्योतिले खुसुक्क प्रहरी बोलाएर ती व्यक्तिलाई जिम्मामा लगाएकी थिइन् । नानाथरी अपशब्द बोल्ने, मनपरी गर्ने, तेरो अब के गर्छु पख भन्दै आफूलाई मध्यरातमा धम्की दिने ती व्यक्तिको नियत एकदमै गलत भएको ज्योतिले बताएकी छिन् । अहिले प्रहरीले ती व्यक्तिमाथि अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीले ती व्यक्तिलाई माफी माग्न लगाएर घटना थामथुम गर्ने प्रयास गरिरहेको बुझिएको छ । यो खबर जीवन शैलीमा छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया