इटहरी/ केहि समयको प्रतीक्षा र चर्चा परिचर्चा पछि ‘महल’ सार्बजनिक भएको छ । युट्युबबाट भाईरल बनेका गायक सन्तोष परियारको सुमधुर स्वरमा ‘महल’ गितको म्युजिक भिडियो काठमाण्डौमा आज एक कार्यक्रम गरि युट्युबमा सार्बजनिक गरिएको हो । उक्त्त गीतलाई आशिस अविरलले एरेन्ज गरेका छन् भने किसमल परियारले राग स्टुडियोमा साउण्ड मिक्सिंग गरेका हुन् ।
सार्बजनिक उक्त्त गीतको म्युजिक भिडियोमा दलित भनेर समाजले हेला र तिरस्कार गर्दाको परिणाम मृत्यु सम्म हुन पुगेको यथार्थतालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । सो भिडियो इन्टरनेसनल क्लब सानेपा स्थित करिब २०० बर्ष पुरानो दरबारको आसपासमा सुटिङ्ग गरिएको हो । मोडलिङ्ग संगै म्युजिक भिडियोमा छाएकी इशा परियार भिडियोमा फिचर छन ।
ईशा संगै भिडियोमा उनलाई बिनोद न्यौपाने, दिनेश मंग्मु लिम्बु, बिशाल सेनेहाङ्ग लिम्बुले अभिनयमा साथ दिएका छन् । आफुले अहिले सम्म गरेको भिडियो भन्दा यो भिडियो उत्कृष्ट बनेको ईशा बताउछिन् । उनको अनुसार निकै मेहनत गरेर भिडियो छायांकन गरिएको थियो । भिडियोको सम्पूर्ण छायांकन तथा निर्देशन भुपेन्द्र लिम्बु तुम्बाहाम्फेले गरेका हुन् ।