बोकेदाह्रीको ‘स्टाइल मारेलु’ सार्वजनिक

गायक श्रीकृष्ण लुईटेल ‘बोकेदाह्री’को भोजपुरी गीत ‘स्टाइल मारेलु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बोकेदाह्रीको आवाजमा रहेको सो म्यूजिक भिडियो भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो । ‘ए बा किन्देउ न भटभटे, बाँके बर्दिया, तेरो बाउ थोते, डल्लेकी बहिनी’ लगायत दर्जनौं हाँस्य विधाका गीतबाट चर्चित उनले सामाजिक सचेतनामूलक गीतहरुमा पनि आवाज दिइसकेका छन् । सोमबार सार्वजनिक गीत भने उनले केही पृथक रुपमा भोजपुरी भाषमा आवाज दिएका हुन् ।

‘स्टाइल मारेलु’मा उनकै शव्द र संगीत रहेको छ भने संगीत संयोजन डम्बर लिम्बूले गरेका छन् । यसैगरी म्यूजिक भिडियोमा पनि उनी आफैं देखिएका छन् भने उनलाई अनिशा ओलीलगायतका कलाकारले साथ दिएका छन् । केशव रायमाझी, विपिन प्रसाइं, शोभिलाल मेचे, विशाल ढुंगाना र सविन मेचे आदिले सो म्यूजिक भिडियोमा श्रीकृष्णलाई साथ दिएका छन् । यसैगरी श्रीकृष्ण आफैंले निर्देशन गरेको सो म्यूजिक भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन् भने कोरियोग्राफर राज सुब्बा लावतीले गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया