किन राेए प्रमोद खरेल यसरी धुरुधुरु

काठमाडौं / दि भ्वाइस अफ नेपालका काेच तथा गायक प्रमोद खरेल कार्यक्रमको अबधिमा नै धुरुधुरु रुन पुगेका छन् । उनलाई प्रतियोगी अमित थापा मगरले कार्यक्रममा नै रुवाएका हुन् । मोरङको बिराट चौकबाट आएका अमित थापा मगर स्टेजमा नै रुन पुगेपछि गायक प्रमोद पनि साथै रुन पुगेका हुन् । उनी प्रतियोगितामा छनौट हुन नसकेपछि निराश भएका अमितलाई हेरेर धुरुधुरु रुन पुगेका थिए भने अरु निर्णायकहरुले उनलाई भविश्यमा अझ थप मिहिनेत गरेर अगाडि बढ्न सक्ने आशा जगाएका थिए ।

प्रतियोगी अमित सबै निर्णायकहरुसँग भेटेर गएपछि पनि उनले प्रमोद खरेललाई निकै बेरसम्म रुवाएका थिए । अन्य निर्णायकहरुले उनलाई आगामी दिनमा अझ अगाडि बढ्न सुझाव दिईँरहँदा पनि गायक तथा निर्णाय खरेल निकै बेरसम्म आँखाको आँशु पुछ्दै धुरुधुरु रोएका थिए । सोही कारण उनले प्रतियोगी अमितलाई केहि भन्न समेत सकेनन् । उता काठमाडौं थानकोटका राजु तामाङले चारै जना निर्णायकहरुलाई निकै प्रभावित पारेका थिए ।

कार्यक्रमका चारै निर्णायकहरुले उनलाई निकै राम्रो गाएको भन्दै हौस्याएका थिए । अझ निर्णायक दिप श्रेष्ठले आफ्नै गित आफूभन्दा उत्कृष्टरुपमा नै गाएको भन्दै बधाई दिएका थिए । उनीहरुले प्रतिस्पर्धी तामाङको गायनकलाबाट निकै प्रभावित भएको बताउँदै आफ्नो टिममा आउन अनुरोध गरे । तर अन्त्यमा प्रतिस्पर्धी तामाङले आफ्नो श्रीमतिसँग सल्लाह गरेर दिप श्रेष्ठको टिममा जाने बताए ।

निर्णायक दिपले आफ्नो टिममा स्वागत गर्दै अन्य निर्णायकहरुसँग आफ्नो भन्दा निकै उत्कृष्ट गाएको बताए । उनले ‘कस्तो कन्फिडेन्डले गाएको’ भन्दै भ्वाइस अफ नेपालमा नै आउनुपर्ने प्रतिस्पर्धी भएको बताए । हाल चलिरहेको ब्लाइण्ड अडिसनबाट कुल ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्नेछन जसमा प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नवौं सिरिजसम्म आईपुग्दा अहिले चलिरहेको ब्लाइण्ड अडिसनबाट दिप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल मध्ये कसको टिम ससक्त र उत्कृष्ट हुन्छ भन्ने थाहा पाउन अझै केहि कुर्नुपर्ने हुन्छ ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ । टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया