काठमाडौ/ मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भवनै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम, दाम कमाउने र चर्चा बटुल्ने चाहना सबैको हुन्छ । त्यही चाहना अनुसार काठमाडौँलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन ।
राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार र मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान ।
नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर बिगत दुई वर्ष देखि मोडलिङको भीडमा आफूलाई स्थापित गराउन र सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी मोडल हुन डेस्टिनि तामाङ । अहिले उनि आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन ।
ब्यबसायिक रुपमा मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल डेस्टिनि तामाङले केही म्युजिक भिडियोमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरिसकेकी छिन भने केही गीतहरूमा पनि आफ्नो सुमधुर आवाज भर्ने तरखरमा छिन । देश भरमा हुने बिभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमा आफ्नो जादुमय नृत्य तथा अभिनय प्रस्तुत गरि सकेकी मोडल डेस्टिनि अहिले चर्चाको शिखर तिर लम्किदैछिन ।
नृत्य तथा अभिनयमा पोख्त मोडल डेस्टिनि तामाङ सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन । चिटिक्क मिलेको शरीर, अग्लो हाईट अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।
हेटौडा जन्मथलो भएकी डेस्टिनि भर्खर १७ औ वसन्तमा प्रवेश गरेकी छिन । हेर्दा पनि निकै आकर्षित उनि हासिरहने, शालीन स्वभावकि छिन । उनी भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको उनी बताउछिन् । सानै उमेर देखि गायिका, मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने डेस्टिनि अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषरत छिन ।
डेस्टिनिले भनिन् ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’ उनी थप्दै भन्छिन ‘मानव जीवन भनेको संघर्ष हो । मेहनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ, जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नू नै जीवन हो ।’ एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउछिन ।
परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी डेस्टिनि मोडलिङको नाममा र चर्चा कमाउनको लागि गलत कार्यमा नलाग्ने बताउछिन । तामाङ भन्छिन मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ । अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ ।