शृङ्खलालाई एक प्रश्न, जस्ले ‘मिस नेपाल’ बन्ने अधिकार दियो, बिस्तृतमा हेर्नुस्

ईटहरी/ हिडन ट्रेजरको आयोजनामा भएको २३ औं मिस नेपालको उपाधी शृङ्खला खतिवडाले हात पारेकी छिन् । उनले देशभरबाट छानिएका २५ जना सहभागी मध्ये २४ जनालाई पछि पार्दै बिजेताको ताज आफ्नो शिरमा पहिरेकी हुन् । मिस नेपालमा प्रायः नेवार समुदायको बिजेता भैरहेकोले हरेक पटक बिरोध हुने गरेको थियो । तर यो क्रम गत बर्ष देखि तोडिएको छ । नेवार समुदाय भन्दा अन्य समुदायको युवतिले मिस नेपालको ताज पहिरिएको छ ।

यस्तै २३ औ सस्करणको मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि रोनाली अमात्य र मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले हात पारेकी छिन् । शृङ्खलाले प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्नको उत्कृष्ट जबाफ दिँदै मिस नेपालको हिस्सेदार बनिन् ।

मिस नेपाल २०१८ मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए । हेटौंडा निवासी २२ बर्षिय खतिवडालालाई पूर्व मिस नेपाल निकिता चन्डकले ताज पहिराई दिएकी थिइन् । बुधबार साझदेखी भएको कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

तपाईको प्रतिक्रिया